Monday, July 6

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय वैठक सम्पन्न

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय वैठक सम्पन्न भएको छ।

Advertisement

बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको वैठकले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको विस्तृत अध्ययन नगरी पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाबारे निर्णय गर्न नसकिने बताएको छ।

Advertisement
Advertisement

तर, कसलाई कुन कारणले दोषी देखाइएको छ भन्ने जानकारी नभएको र प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिहेकाले कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

Advertisement

१३ पुसमा दुई युवकको मृत्यु हुने गरी ललितपुरको बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो।