Friday, February 20

पहिराले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति

नेपाल अखबार,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा  लैनो भैँसीसहित चौपाया, रु दुई लाख, आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न सबै पहिरोले पुरिएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताए ।

पहिराका कारण त्यस स्थानका अन्य तीन घर पनि जोखिममा परेका छन् ।  यस्तै अविरल वर्षाका कारण गोरुसिंगे –सन्धिखर्कका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।  नरपानी तथा शीतगङ्गा नगरपालिकाको सीतापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।  पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *