Saturday, July 18

सशस्त्र प्रहरीले माग्यो डाक्टरदेखि रेडियोग्राफरसम्म २४ कर्मचारी

नेपालअखबार, काठमाडाैं। सशस्त्र प्रहरीले प्रविधिक समूहतर्फ २२ जना कर्मचारी मागेको छ।

Advertisement

शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्राविधिक समूहमा स्वास्थ्यतर्फ २२ जना कर्मचारी मागेको हो।

Advertisement
Advertisement

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना, प्राविधिक सशस्त्र प्रहरी बिडिएसमा ३ जना, प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकमा स्टाफ नर्स  ५ जना, ल्याब टेक्निसियन २ जना, फिजियोथेरापिस्ट १ जना र २ जना रेडियोग्राफर मागेको हो।

Advertisement

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १८ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दरखास्त दिन व्यक्ति स्वयं उपस्थित हुनुपर्न सूचनामा उल्लेख छ।

दरखास्त शुल्क प्राविधिक सशस्त्र प्रहरी निरीक्षका लागि १ हजार २ सय र समावेशी समूहतर्फको दरखास्त दिँदा थप २४० रूपैयाँ लाग्ने छ। प्राविधिक सशस्त्र प्रही नायब निरीक्षकमा ७ सय रूपैयाँ र समावेशी समूहमा १४० रूपैयाँ थप लाग्नेछ।

sasashtra-1709262559.jpg