Tuesday, July 28

माधव नेपालको घरमा पुगे प्रचण्ड र ओली

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्र प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू कोटेश्वर पुग्नु भएको छ।

Advertisement

मंगबार साँझ अध्यक्ष नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीलगायतका नेताहरू नेपाललाई भेट्न पुग्नु भएको हो।

Advertisement
Advertisement

नेकपा (एकीकृत समाजवादी) लाई नयाँ सत्ता समिकरणमा समावेश गर्न प्रचण्ड-ओली निरन्तर प्रयासमा रहनु भएको छ।

Advertisement

भेटमा विकसित राजनीतिक घटना र आगामी कसरी अगाडि जाने भन्ने विषयमा शीर्ष नेताहरूबीच छलफल भएको छ। साथै प्रचण्ड र ओलीले अध्यक्षको स्वास्थ्य अवस्थाबारेसमते जानकारी लिनु भएको छ।