Monday, August 17

भोलि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बस्ने

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बुधबार (भोलि) बस्ने भएको छ।

Advertisement

पार्टी केन्द्रीय सचिव जीवनराम श्रेष्ठकाअनुसार विकसित राजनीतिक घटनाक्रम र विविध विषयमाथि छलफल हुनेछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाईएको सचिव श्रेष्ठले जानकारी दिनुभयो।

Advertisement
Advertisement

कांग्रेससँगको सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बनाएपछिको विकसित अवस्थाका बारेमा सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा सचिवालय बैठक बसेको थियो।

Advertisement

उक्त बैठकले प्रधानमन्त्रीले बनाएको नयाँ सत्ता समिकरणको उदेश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तयगर्ने निर्णय गरेको थियो।