Monday, July 27

त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

नेपालअखबार,त्रिशूली । त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तु जैसवारका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको हो।

Advertisement
Advertisement

रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

Advertisement

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई उद्धार गरिएको थियो। उद्धारपश्चात दुई जनाको मृत्यु भएको डिएसपी जैसवारले जानकारी।

मृत्यु हुनेमा १ जना महिला र ६ जना पुरूष छन्। उनीहरूको पहिचान हुन नसकेको डिएसपी जैसवारले जानकारी दिए।

घाइते ३६ जनामध्ये केहीलाई काठमाडौं र चितवन पठाइएको छ। केही घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बस नदीमा आधा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।

सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ।

बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत नभएको डिएसपी जैसवारले बताए।