Monday, July 27

परराष्ट्र मन्त्री श्रेष्ठसँग भारतीय र चिनियाँ राजदूतको भेट

नेपालअखबार, काठमाडाैं। नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत र चिनियाँ राजदूतले भेटवार्ता गरेका छन्।

Advertisement

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन सङले शिष्टाचार भेटवार्ता गरेका छन्। श्रीवास्तवपछि चिनियाँ राजदूतले भेट गरेका थिए।

Advertisement
Advertisement

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

Advertisement

भेटमा राजदूत श्रीवास्तव र छन सङले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए।रासस