Tuesday, August 18

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ।

Advertisement

शुक्रबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाइएको महासचिव घनश्याम भूसालले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार पार्टीको पहिलो महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बस्न लागेको हो।

Advertisement

महाधिवेशनका लागि दस्तावेज तयार पार्न एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित चार जना नेतालाई जिम्मा दिइसकेको छ।

अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन तयार पार्नेछन्। झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले पार्टी विधान र महासचिव भूसालले संगठनात्मक प्रस्ताव तयार पार्नेछन्।

एकीकृत समाजवादीको पहिलो महाधिवेशन आगामी जेठ ३ गतेबाट सुरू हुँदैछ।