Thursday, July 30

दलित मुक्ति संगठनद्वारा नवनियुक्त मन्त्री जोशी र बुढालाई बधाई ज्ञापन

नेपालअखबार, काठमाडौँ। दलित मुक्ति संगठनले नवनियुक्त मन्त्री माननीय भानुभक्त जोशी र धनबहादुर बुढालाई बधाई ज्ञापन गरेको छ।

Advertisement

आइतबार अध्यक्ष गणेश विश्वकर्माको नेतृत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री जोशी र शहरी विकास मन्त्री धनबहादुर बुढालाई बधाई तथा कार्यसफलताको शुभकामना दिएको हो।

Advertisement
Advertisement

सिंहदरबार स्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी विकास मन्त्रालयमा पुगेर बधाई तथा शुभकामना दिएको संगठनका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो।

Advertisement

कार्यक्रममा संगठनका अध्यक्ष विश्वकर्मा, उपाध्यक्ष कृष्ण नेपाली, महासचिव तथा राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल, उपमहासचिवहरू गोपाल बराइली, सुधीर खाती र सचिवहरू भीम रसाइली, प्रदीप शोब, नन्द घतानीलगायतका केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।