Saturday, July 11

राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी दर्ता आज

नेपालअखबार, काठमाडाैं। राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज उम्मेदवारी दर्ता हुँदैछ।

Advertisement

संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ।

Advertisement
Advertisement

जसअन्तर्गत् आज उम्मेदवारी दर्ता हुन लागेको हो।

Advertisement

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्टयाइएको छ।

आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो। गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका हुन्। आइतबार बसेको माओवादी केन्द्रको बैठकले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को मनोनीतको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ।

नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। राष्ट्रिय सभा अध्यक्ष पदका लागि यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी थिए। उनलाई सभापति देउवाले शनिबार राष्ट्रिय सभा दल नेता मनोनीत गरेका थिए। सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवार भएनन्।

मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जानकारी दिएको छ।