Saturday, July 11

जापानमा हासिल गरेको सिपलाई नेपालको विकास र समृद्धिमा जोड्नुपर्छ: उपाध्यक्ष पाण्डे

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जापानको प्रविधि र नेपालीहरूले हासिल गरेको सिपलाई नेपालको विकास र समृद्धिमा जोड्नुगर्नुपर्ने बताउनु भएको छ।

Advertisement

प्रवासी नेपाली एकता मन्च जापान राष्ट्रिय कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका उपाध्यक्ष पाण्डेले उक्त कुरा बताउनु भएको हो।

Advertisement
Advertisement

संगठनका अध्यक्ष द्रोण सिलवालको अध्यक्षतामा सम्पन्न कार्याक्रममा उपाध्यक्ष पाण्डले भन्नुभयो, ‘जापानको विकास, प्रविधि र अनुशासनको म खुलेर प्रशंसा गर्न चाहान्छु। जापानमा रहेका युवाहरूले हासिल गरेको सीप नेपालको उत्पादनसँग जोडिएर राष्ट्रको विकासमा टेवा पुर्याउनपर्ने आवशयक छ। वर्तमान परिस्थतिमा प्रवासमा रहेका युवाहरू एकजुट भएर आफूले हासिल गरेका ज्ञान सिप र पूँजीलाई नेपालको उत्पादनमा जोडेर अगाडि बढ्नुपर्छ।’

Advertisement

कार्यक्रम सन्चालन कमिटीका सचिव टक्कर कुंवरले गर्नु भएको थियो। कार्यक्रममा प्रवास कमिटीका सल्लाहकार तथा नेकपा (एकिकृत समाजवादी) निकट जनवर्गीय संगठन नेपाल रिटर्नी एशोसियसन (समावाजदी) का सचिव प्रकाश महराले स्वागत मन्तव्य राख्नु भएको थियो। त्यसैगरी कमिटीका कोषाध्यक्ष श्रीकृष्ण अर्याललगाएत कार्यसमितिका अन्य पदाधिारीको उपस्थिति रहेको थियो।