Wednesday, October 29

सुदूरपश्चिम एकै दिन ६९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडाैं । सुदूरपश्चिममा  थप ६९ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएकाहरूमा डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुईदुई एवं कञ्चनपुरका एक जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।यससँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमित ९४८ पुगेका छन् । रासस

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *