Tuesday, July 28

नेपाल एयरलाइन्सले मलेसियाबाट बिरामीलाई नेपाल ल्याउन नमानेको पछि

नेपालअखबार, काठमाडाैं। नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको बिरामी बझाङ्गका दीपक बहादुर धामी हिजाे हिमालयन एयरलाइन्सबाट काठमाडौं फर्केका छन् ।

Advertisement

सबै प्रकृया मिलाएर विमानस्थल जादा पनि नेपाल एयरलाइन्सका कर्मचारिहरुले पिडितलाई याे वा त्याे बाहानामा तीन पटक कुरुवा र बिरामीको टिकट किन्दै विमान स्थल पुगेका बिरामी र उनको सहयोगीलाई मलेसियाको विमानस्थलबाट फिर्ता पठाएको थियाे।

Advertisement
Advertisement

राेजगारिकाे लागि मलेसिया १९अहीना पहिले पुगेकाका बझाङ केदास्युँ गाउँपालिका वडा नं ७ घरभएका ३२ वर्षका दिवक बहादुर धामि केही समय अघि देखि मानसिक बिरामीका कारण अस्वस्थ भएकालेे नेपाल फर्किन नेपाल एयरलाइन्सकाे टिकट काटेर बाेर्डिङ पास भईसकेकाे अबस्थामा मलेसिया विमान स्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीहरुले बिरामी भएकोले नेपाल लैजान नसक्ने भनेर मेडिकल रिपोर्ट फिट टु फ्लाई चाहिने भनेर विमानस्थलबाट फर्काएका थिए ।

Advertisement

अर्को दिन मेडिकल रिपोर्ट फिट टू फ्लाई बनाएर विमानस्थल पुगेका उनीहरूलाई फेरि पनि थप कागज आवश्यक पर्ने भनेर फर्काएका थिए। त्यसै गरी तेस्रो पटक टिकट किनेर जाँदा कर्मचारीहरुले कसरी बिरामी भएको सुरुदेखिको मेडिकल रिपोर्ट आवश्यक पर्ने तत्पश्चात विशेष व्यवस्था गरेर मात्र लान सकिने जवाफ दिएका थिए । यो सबै प्रक्रियामा मलेसिया स्थित नेपाली दूतावासको प्रत्यक्ष सहयोग रहेको थियो भने नेपाल रिटर्नी एशोसियसनका अध्यक्ष प्रविन पौडेलको विशेष पहल रहेको एशोसियसनका अध्यक्ष प्रविन पौडेलले जानकारी गराएका थिए ।
सबै प्रकृया पुरा गरेर बाेर्डिङ पास भइसकेको बिरामीलाई स्वदेश फर्काउन राजदूत डिल्लीराम पौडेल स्वयंले लिखित र मौखिकरूपमा विशेष आग्रह गर्दा समेत नेपाल वायुसेवा निगमका कर्मचारीहरुले वेवास्था गरेर अमानवीय व्यवहार गरेको बताएका छन् ।
राष्ट्रिय द्धाजावाहक नेपाल एयरलाइन्स भएकोले पहिलो प्राथमिकतामा राखेर अनेकौं पटक अनुरोध गर्दा मलेसिया विमानस्थलमा खटिएका कर्मचारी नै आफै चिकित्सकको जस्तो व्यवहार गरेकाले उनीहरूले अन्तिममा माग बमोजिमको कागजपत्र
पुरा गर्न असम्भव जस्तै भइसकेपछि हिमालयन एयरलाइन्सका कर्मचारी सँग भएको कागजपत्रले नै आज फाल्गुन ३० गते हिमालयन एयरलाइन्सबाट बिरामी दीपक र उनको सहयोगी काठमाण्डौ आउँदै गरेको एशोसिएनका अदक्ष प्रविन पौडेलले जानकारी गराएका छन् ।
मलेसियामा रहेका नेपाल वायुसेवा निगका कर्मचारीहरु कै कारणले तीन तीन पटक छ वाटालेसियाबाट नेपाल आउन काटेको टिकटको पैसा खेर गएको बिरामीका परीवारले जानकारी गराएका छन्