Friday, February 20

पहिरोमा पुरिएर घाइते भएका जीप चालकको मृत्यु

नेपाल अखबार,    गुल्मी। गुल्मीमा पहिरोले जिप पुर्दा घाइते भएका चालकको मृत्यु भएको छ।
शनिबार पहिरोले ग १ ज ३९९७ नम्बरको जिप पुर्दा घाइते भएका गुल्मीकै धुर्कोट गाउँपालिका ३ का जीप चालक प्रदिप पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते पुनको उपचारका क्रममा सन्धिखर्क अस्पताल अर्घाखाँचीमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए। दुर्घटनामा चार जना घाइते भएका थिए।
पहिरोमा परेर शनिबार धुर्कोट गाउँपालिका ३ का तुलसीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो। घायते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *