Sunday, April 19

पेटसम्बन्धी रोगमा करेला अचूक औषधि, यस्ताे छ खाने तरिका

नेपाल अखबार,  एजेन्सि। नेपालमा पेटको समस्या नभएका मानिस को होला र! ग्यास्ट्रिकलाई नेपालको राष्ट्रिय रोग नै हो भनेर व्यंग्य गर्ने चलन पनि छ। अझ आधुनिक जीवनशैली र खानपानका कारण अहिले धेरै जना पेटसम्बन्धी विभिन्न रोगबाट पीडित छन्।
यसै सन्दर्भमा भारतीय आचार्य बालकृष्णाले पेटसम्बन्धी रोगका लागि करेला अचूक औषधि हुने जानकारी दिएका छन्। जुन यहाँ प्रस्तुत गरिन्छ:
–करेलाले पेट सफा गराउँछ।
–कब्जियत भएमा वा राम्रोसँग दिसा नभएमा करेलाको तरकारी खानुपर्छ। पेट सफा गराउँछ।
–ग्यासको समस्या वा पेटमा अन्य गडबडी भएमा करेला खाँदा फाइदा पुग्छ।
–कब्जियत हुने, पेटमा ग्यास भरिने, अपच हुने, पेटमा इन्फेक्सन, खाना मन नगर्नेजस्ता समस्या भएका बच्चालाई करेलाको पात मुखमा राख्न लगाउने र एक थोपा मह चटाइदिने गर्दा समस्या समाधान हुन्छन्।
–करेलाको पातको रस निकालेर पिएमा जुका, चुर्नाजस्ता पेटभित्रका सबै कीरा बाहिर निस्किन्छन्।
–पाइल्सको समस्यामा समेत करेला खाँदा निकै फाइदा पुग्छ।
तर सावधानी: करेलाको जुस १० देखि ५० एमएलसम्म मात्रै पिउनुपर्छ। बढी पिउन हुँदैन। एजेन्सीको सहयोगमा

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *