Monday, August 17

केन्द्रीय सचिवालय र दस्तावेज मस्यौदा समितिको बैठक चैत ११ गते

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७८औं केन्द्रीय सचिवालय तथा महाधिवेशन दस्तावेज मस्यौदा समितिको बैठक चैत ११ गते बस्ने भएको छ।

Advertisement

बुधबार पार्टी कार्यालय आलोकनगर काठमाडौँमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले चैत ११ गते संयुक्त बस्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार बुधबार सम्पन्न बैठकले आगामी बैशाखमा हुने उपनिर्वाचनमा इलाम र बझाङ्मा प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदारको नाम सिफारिस गर्न निर्देशन दिएको छ।

Advertisement