Tuesday, July 28

तीन वटा संसदीय समितिको बैठक आज बस्दै

नेपालअखबार, काठमाडाैं।  तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ।  प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभातर्फका एउटा समितिको बैठक आज दिउँसो बस्नेछ।

Advertisement

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ।

Advertisement
Advertisement

बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ। त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने उक्त बैठकको कार्यसूची छ।

Advertisement

राष्ट्रिय सभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ।