Tuesday, April 21

सर्लाहीमा हातखुट्टा बाँधेर एक अधबैंसेको हत्या

नेपाल अखबार,  जनकपुरधाम । सर्लाहीमा हातखुट्टा बाँधेर एक अधवैंसेको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० वर्षीय रामजुलुम रायको शव हत्या गरिएको अवस्थामा घरभन्दा केही दुरीमा रहेको खेतमा फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
‘दुवै खुट्टा र हात बाँधिएको अवस्थामा उनको शव फेला परेको छ’ घटना स्थलमा पुगेका रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले भने, “घरेलु हतियार प्रयोग गरी उनको हत्या गरेको देखिन्छ ।”
सर्लाही प्रहरीका प्रबक्ता कुँवरले पनि उनको हत्या घरेलु हतियारको प्रयोग गरी भएको देखिएको बताए । उनको हत्या कसले र किन गरेको हो ? भन्ने सन्दर्भमा खुलिसकेको छैन् ।
प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *