Wednesday, July 29

सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यू आदेश

नेपालअखबार,सुनसरी । सुनसरीको हरिनगरमा झडपपछि प्रशासनले जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ।

Advertisement

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू  आदेश जारी गरेको छ।

Advertisement
Advertisement

निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत् जारी गरेर कर्फ्यू आदेश जारी गरेका हुन्।

Advertisement

सुनसरीको भुटाहामा दुई समूहबीचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यू लगाइएको हो।

घटनास्थलमा  प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए।