नेपाल अखबार, काठमाण्डौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
गुल्मी छत्रकोट गाउँपालिका -५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले जानकारी दिए ।
उपचारका लागि भारत गएर जेठ २५ गते नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका उनको असार ५ गते निधन भएको थियो । उनको ५ गते नै स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा असार ६ गते उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा ४ सय २१ संक्रमित भेटिएको जानकारी दिएका हुन। यो सँगै कोरोना संक्रमिको संख्या ९ हजार २६ पुगेको छ ।

