Friday, July 10

आज राष्ट्रिय सभा उपाध्यक्षका लागि मनोनयन दर्ता

नेपालअखबार, काठमाडाैं। राष्ट्रिय सभाको उपाध्यक्ष चयन गर्ने चुनावअन्तर्गत आज उम्मेदवारी दर्ता गरिँदै छ।

Advertisement

संसद् सचिवालयले राष्ट्रिय सभाको उपाध्यक्ष उम्मेदवारको मनोनयन दर्ता गर्न आजका लागि समय तोकेको हो।

Advertisement
Advertisement

संसद् भवनस्थित ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ।

Advertisement

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव भोलि बुधबार हुँदै छ।

उक्त पदमा सत्ता गठबन्धनका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्। एमालेबाट विमला घिमिरे र एकीकृत समाजवादीबाट मदनकुमारी शाहलगायतले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा दाबी गरिरहेका छन्।

यस्तै प्रतिपक्ष दल नेपाली कांग्रेसले आजै बिहान मात्र विष्णुदेवी पुडासैनीलाई उम्मेदवार निर्णय गरेको छ।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली भएको हो।

हेर्नुहोस् निर्वाचन तालिका