Tuesday, July 28

छोरेपाटन मावि भुपु विद्यार्र्थी मञ्चको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपालअखबार,पोखरा । छोरेपाटन माबी भुपु विद्यार्र्थी मञ्चको आयोजनामा भित्तेपात्रो लोकार्पण तथा नव बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि छोरेपाटन मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीले भित्तेपात्रो लोकार्पण सहित कार्यक्रमको उद्घाटन गर्दै भुपु विद्यार्र्थी मञ्चले विद्यालयलाई साथ र सहयोग पुग्ने बिश्वास व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

सो अबसरमा समाजका विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापकहरु खेमराज बराल र मेघनाथ पौडेल, खेल शिक्षक दिपक सुनार, पुर्व विद्यार्थीहरु राजकुमार रानाभाट, कविता गुरुङ कवि, किरण पौडेलं, राजेश गुरुङ, जयश्वर पौडेल, लक्ष्मी अधिकारी लगाएतले भुपु विद्यार्र्थी र बिद्यालय दुई संस्था एक उद्देश्य हुनुपर्ने बताउँदै शुभकामना व्यक्त गरेका थिए।

Advertisement

मञ्चका संस्थापक अध्यक्ष दिपकराज बरालले भुपु विद्यार्र्थी मञ्चको आबश्यकता महशुस गरी २०६१ सालमा संस्था दर्ता गरेर आफ्नो कार्यकालमा सक्रिय भएको भएता पनि त्यस पछि विविध कारणले संस्थाका गतिविधि तथा नविकरण नै नभएको अबस्थामामा हाल भुपु विद्यार्र्थीहरु सकृय भएको पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

मञ्चका अध्यक्ष कृष्ण रानाभाटले आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्दै छोरेपाटन माविमा अध्ययन गरेका पुर्व विद्यार्र्थीहरुले लामो समय देखि छुट्टाछुट्टै कार्यक्रम गरिरहेकोमा पुर्व विद्यार्थीहरुको आधिकारिक प्रतिनिधित्व हुने गरी संस्थालाई पुनर्र्जीवन दिएको बताए । संस्थाको सदस्यता लिन दिनप्रतिदिन पुर्व विद्यार्थी उत्सुक भएको पनि बताए ।

मञ्चका अध्यक्ष रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा बनभोज कार्यक्रमका संयोजक हिमलाल पौडेलले स्वागत र सचिव शालिकराम भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।