Wednesday, August 19

लुम्बिनीमा एकीकृत समाजवादीबाट भगवती घिमिरे मन्त्रीमा नियुक्त

नेपालअखबार, रुपन्देही। लुम्बिनी प्रदेश सरकारको विना विभागीय मन्त्रीमा नेकपा एकीकृत समाजवादीकी सांसद भगवती घिमिरे नियुक्त हुनु भएको छ।

Advertisement

लुम्बिनीका प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेर चौधरीलाई मन्त्रीमा नियुक्त गर्नु भएको हो।

Advertisement
Advertisement

बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाउनु भएका महराले दिउँसो थप एक मन्त्री थपे गर्नु भएको हो।

Advertisement

मुख्यमन्त्री महराले यसअघि एमालेका चार, नागरिक उन्मुक्तिका एक र माओवादीका एक र  समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय मन्त्री परिषद गठन गर्नुभएको हो।  बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय हुन्।