Wednesday, July 29

सुदूरपश्चिममा भागबन्डा मिलाउन सत्ता गठबन्धन दलबीच छलफल जारी

नेपालअखबार, । सुदूरपश्चिममा भागबन्डा मिलाउन सत्ता गठबन्धनमा रहेका दलहरू छलफलमा बसेका छन्।

Advertisement

शुक्रबार बिहान धनगढीमा मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनका दलहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ।

Advertisement
Advertisement

नेकपा एकीकृत समाजवादी पार्टीका दीर्घ सोडारी बिहीबार मुख्यमन्त्री बनेसँगै गठबन्धनमा रहेका दलले कुन-कुन मन्त्रालय लिने भन्नेबारे छलफल भइरहेको हो। सोडारीसँगै नागरिक उन्मुक्ति पार्टीका कैलाश चाैधरीले पनि बिहीबार नै भाैतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण गरेका थिए। उक्त पार्टीकै टीका थापालाई पनि मन्त्री बनाउने चर्चा छ।

Advertisement

छलफल चलिरहेको भए पनि भागबन्डा मिलाउन सकस भइरहेको स्रोतले बतयो। त्यस्तै यसबारे सबैलाई चित्तबुझ्दो मन्त्रालय प्रदान गरी मन्त्रिपरिषद विस्तार गर्ने सरकारको तयारी छ।

हाल मुख्यमन्त्री साेडारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्रले समर्थन गरेका छन्।