Friday, July 10

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको आधारमा पदपूर्ति गर्नुपर्ने भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, नेपाल राष्ट्र बैंकबाट जारी बैंक वा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव भएका व्यक्तिलाई दर्खास्त दिन आह्वान गरिएको छ ।

Advertisement

सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१  दिनभित्र  बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौँमा रहेको सञ्चालक समितिको सचिवालयमा दरखास्त पेस गर्नु आग्रह गरिएको छ ।

Advertisement
Advertisement

इच्छुक उम्मेदवारले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्क शास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दस वर्षको कार्य अनुभव गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

Advertisement

434602510_325056540294779_8229282495442677422_n