Tuesday, August 4

कान्ति लोकपथ जेठ १५ गतेसम्म दिनको तीन घन्टा खुल्ने

नेपालअखबार, काठमाडाैं । कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ।

Advertisement

मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घन्टा मात्र खोलिएको हो।

Advertisement
Advertisement

मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा खोलिएको कान्ति लोकपथ आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए।

Advertisement

‘मर्मतको काम जारी छ । अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने।

उनका अनुसार जेठ १५ गतेसम्म बाटो दिनको तीन घण्टा खुल्नेछ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार भएको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो।

बैठकले उक्त सडकमा छ चक्के र त्यसभन्दा बढी पाङ्ग्रा भएका मालबाहक सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ ।

‘यो सडक खण्ड १.५ मिटर चौडा गर्न लागिएको हो । सडकमाथिका चट्टान काट्न बाँकी रहकोले उक्त निर्णय भएको हो,’ इन्जिनियर महर्जनले भने।

यो सडक  ६७ वर्षदेखि निर्माणधीन छ।

हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म  ९२ किलोमिटर लामो सडक विस्तारको जिम्मा बुद्धचोकदेखि–टीकाभैरवसम्मको  ७९ किलोमिटर खण्ड आयोजना कार्यालयले लिएको छ भने बाँकी भाग  सडक डिभिजन कार्यालयले बनाउने छ।

टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पारेको भए पनि स्थानीयले निर्माण गरेका संरचनाका कारण ठेचो–सुनाकोठी खण्ड चौडा हुन सकेको छैन।रासस