Monday, August 3

इलाम-२ मा मतगणना सुरू भयाे

नेपालअखबार, इलाम। इलाम-२ मा मतगणना सुरू भएको छ।

Advertisement

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको छ। मतगणनाका लागि यहाँ तारजाली लगाइएको छ।

Advertisement
Advertisement

आइतबार मध्याह्न १२ बजेपछि मतगणना सुरू भएको हो।

Advertisement

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सेतोपाटीलाई जानकारी दिए।

त्यसपछि चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मत गणना गर्ने तयारी छ। मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतगणना स्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको छ। भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत् मतगणनाको अपडेट गरिनेछ।इलाम क्षेत्र नम्बर २ मा शनिबार उपनिर्वाचन भएको थियो।

एमाले नेता सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो।

शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।