Saturday, July 11

हामी प्रधानमन्त्री बन्छौं भनेर कतिलाई पोलेको होला : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले जनताको मन जित्दै गएकोमा समाजका केही प्रवृत्तिलाई पोलेको बताएका छन्।

Advertisement

सोमबार पार्टीनिकट अनेमसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री बन्छन् कि भनेर त्यस्ता प्रवृत्तिलाई पोल्ने गरेको बताएका हुन्।

Advertisement
Advertisement

‘कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्दै आएको छ। हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। तिनिहरूलाई पोले पोलोस्। दनदनी आगोले पोलिदियोस्,’ उनले भने, ‘त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ।’

Advertisement

अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रधानमन्त्री बन्न भन्दा देश विकासको सवालमा चिन्तित रहेको बताए।

‘कसै कसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जान चिन्तित छ कि, मन्त्री प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेको छ कि,’ उनले भने, ‘ती लोभीपापीहरूको कुरा हो। इमानदार मान्छेहरूको होइन।’

तर आफ्नो पार्टीसम्बद्ध मान्छेले जिम्मेवारी पाएको खण्डमा काम गरेर देखाउने दाबी नेपालले गरे। राम्रो काम गर्नुपर्छ भन्ने हुटहुटी हुनुपर्ने र एकीकृत समाजवादीको कार्यकर्तामा रहेको उनले बताए।

‘राम्रो काम नभइरहेको कुराले हामीलाई पोल्नुपर्छ। अरू भन्दा हामी भिन्न छौं भनेर हामीले देखाउन सक्नुपर्छ। यसअर्थमा हामी सत्ताका लागि होइन,’ उनले भने, ‘ सत्ता सत्ताका लागि होइन, चुनाव चुनावका लागि होइन। यी सबै देश र जनताका लागि हो। समाजमा परिवर्तन र विकासका लागि हो।हामीले गर्ने हो भन्नेकुरामा प्रष्ट हुन आवश्यक छ।’

त्यसकारण  परिस्थिति आफ्नो अनुकूल बनाउने कुरामा ध्यान दिन अध्यक्ष नेपालले बताए।