Sunday, July 26

एकीकृत समाजवादीले सुरू गर्‍यो,महाधिवेशनका लागि आर्थिक सहयोग संकलन अभियान

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनका लागि आर्थिक सहयोग संकलन गर्न सुरू गरेको छ।

Advertisement

समाजवादीको १० औं महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।

Advertisement
Advertisement

महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक संकलन गर्न सुरू गरेको हो।

Advertisement

पार्टी उपाध्यक्ष तथा महाधिवेशन आर्थिक परिचालन कमिटीका अध्यक्ष प्रमेश हमालको अध्यक्षतामा मंगलबार बसेको बैठकले आर्थिक सहयोग संकलन अभियान सुरू गर्ने निर्णय गरेको हो।

समितिले आवश्यक आर्थिक संकलन गर्न रसिद प्याड छाप्ने काम गरेको र रसिद प्याडमा क्यु आर कोड पनि राखिएकाले क्यु आर कोडमार्फत् पनि सहयोग गर्न सकिने सचिव जीवनराम श्रेष्ठले बताए।

अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनका लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ क्यु आर कोडमार्फत् दिएको उनले बताए। सचिव श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठक वैशाख २६ गते, पोलिटब्युरो बैठक वैशाख २७ गते र केन्द्रीय कमिटी बैठक वैशाख २८–२९ गते बस्ने पनि बताए।