Thursday, July 2

नेकपा एकीकृत समाजवादीको पाँचौ पोलिटब्यूरो बैठक सम्पन्न

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को पाँचौ पोलिटब्यूरो बैठक सम्पन्न भएको छ।

Advertisement

सोमबार पार्टी मुख्यालय आलोकनगर काठमाडौँमा सम्पन्न बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष डा.बेदुराम भुसाल र महासचिव घनश्याम भुसालले प्रस्तुत गर्नुभएका दस्तावेजमाथि छलफल गरेको छ।

Advertisement
Advertisement

पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्पन्न बैठकमा प्रस्तुत दस्तावेजलाई थप समृद्ध बनाउनका निम्ति नेताहरूले सुझाव दिनुभएको बताउनु भयो।

Advertisement

उपमहासचिव खतिवडाले भन्नुभयो,‘पोलिटब्यूरो बैठकमा ४१ जना नेता कमरेडहरूले आफ्ना कुराहरू राख्नु भएको थियो। राजनीतिक, सांगठनिक, समाजवादी कार्यक्रम र विधान प्रतिवेदनमाथि भोलि मंगलबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकमा थप छलफल हुनेछ।’

पार्टीको आठौँ केन्द्रीय कमिटी बैठक भोलि (मंगलबार) ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा बस्दैछ।

jn-khatiwada-1-1715604066.jpeg