Sunday, April 19

माधव नेपाल नभएको भए संविधान मासिन सक्थ्यो: डा.रामवरण यादव

नेपालअखबार,काठमाडौँ। ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक सार्वजनिक गरिएको छ।

सार्वजनिक पुस्तकमा नेकपा (एकीकृत समाजवादी) का तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिकालाई ब्याख्या गरिएको छ।

Advertisement

पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो। राजधानीको पर्यटन बोर्डमा मंगलबार आयोजित पुस्तक विचोन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा.यादवले लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

पूर्वराष्ट्रपति डा.यादवमा संसद विघटनप्रति संकेत गर्दै माधवकुमार नेपाल नभएको भए संविधान मासिने सक्ने खतरा रहेको स्मरण गराउनु भयो।

उहाँले भन्नुभयो, ‘नेताहरू धेरै छन् । तर, माधवकुमार नेपाल जस्तो सालिन नेता कम छन्। पुष्पाल, मनमोहनपछि माधव नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको राजनेता हो। उहाँको शालिनता र इमान्दारिताको जति प्रशंसा गरेपनि कम हुन्छ। म राष्ट्रपति थिएँ, त्योबेला माधवजी प्रधानमन्त्री हुनुहुन्थ्यो। अनिमिनको बिदाई गर्नेबारे हाम्रोबीच महत्वपूर्ण कुरा हुन्थ्यो। जतिसक्दो चाँडो अनमिनलाई पठाईदिउ भनेर भन्नुहुन्थ्यो। त्यो निक्कै महत्वपूर्ण काम गर्नुभयो। शान्तिप्रक्रिया, लडाकु व्यवस्थापनमा उहाँको भूमिका महत्वपूर्ण छ।’

उहाँले भन्नुभयो, ‘माधव बाबु नभएको भए हाम्रो संविधान मासिन सक्थ्यो। कम्युनिष्ट आन्दोलनको मात्रै नभएर प्रजातान्त्रिक आन्दोलनमा माधव नेपालजीको महत्वपूर्ण भूमिका रहेको छ। आगामी दिनमा पनि महत्वपूर्ण भूमिका रहोस् भन्ने मेरो शुभकामना छ।’

कार्यक्रममा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, उपमहासचिव जगन्नाथ खतिवडालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

madhav-rambaran-yadav--pramesh-hamal-1715669664.jpeg

ambaran-yadav-1715669662.jpeg

madhav-rambaran-yadav-1715669662.jpeg

238d8d66-095a-4981-a4b9-e963d768b4e2-1715669725.jpeg

95bd423f-9ef9-4ab7-ac9d-8d410f93f445-1715669724.jpeg

64e85e49-2df6-43d0-991d-769dc3c3146d-1715669724.jpeg