Wednesday, July 29

एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग

नेपालअखबार ,काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

Advertisement

ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाएका हुन् ।

Advertisement
Advertisement

‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।’

Advertisement

बैठकले आउँदो मनसुनमा सरदरभन्दा धेरै वर्षात हुने प्रक्षेपण गरिएकाले त्यसका लागि आवश्यक पूर्वतयारी गर्न पनि सरकारसँग माग गरेको छ ।