Sunday, March 29

काठमाडौंका केही ठाउँमा आज पाँच घण्टा बत्ती जाने

नेपाल अखबार,काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आज (मंगलबार) दिउँसो पाँच घण्टासम्म विद्युत लाइन काटिने भएको छ।
जिर्ण पोल परिवर्तन गर्नको लागि केही घण्टा बत्ती काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार दिउँसो १२ बजेदेखि बेलुका पाँच बजेसम्म बत्ती काटिने छ। महाराजगञ्ज वितरण केन्द्रबाट वितरित बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण पोल परिवर्तन गर्नको लागि बत्ती काट्न लागिएको छ।
धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपाली, घुम्ती लगायतका क्षेत्रमा बत्ती जाने छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *