Saturday, July 11

फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन उपेन्द्र यादवको आह्वान

नेपालअखबार , काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरी फरक पार्टीमा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गरेको छ । शुक्रबार पार्टी अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जसपा नेपाल विभाजन गरी अशोक राई नेतृत्वको जसपामा लागेकाहरूलाई मूलधारमा फर्कन आह्वान गरेका हुन् ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेको पार्टी हो । जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेसबिचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने सङ्गठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमबस फरक पार्टीमा जानु भएका साथीहरूलाई गलत बाटो छोडेर आफ्‌नो मूलधारको जनता समाजवादी पार्टी, नेपालमा फर्किन हुन हार्दिक आह्वान गर्दछौँ ।’

Advertisement
Advertisement

जसपा नेपाल विभाजन गरेर अशोक राईले जसपा पार्टी गठन गरेका छन्  ।

Advertisement

u