Saturday, July 11

गाजामा तीन जना बन्धकको शव फेला

नेपालअखबार ,गाजा । इजरायली सेनाले उत्तरी गाजाको जबलियामा तीन जना बन्धकको शव फेला पारेको जनाएको छ। शव फेला परेकामा शानी लुक, अमित बुस्किला र इत्जाक रहेका छन् ।

Advertisement

इजरायली सेनाका अनुसार उनीहरूको अक्टोबर ७ मा नै हत्या गरिएको थियो र गाजा लगिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार बन्धकहरूको शव गाजाको सुरुङमा फेला परेको हो ।

Advertisement
Advertisement

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा १२ सय मानिस मारिएका थिए । त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए। यसको जवाफमा गाजा र वेस्ट बैंकमा  इजरायली सैन्य कारबाहीमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन् ।

Advertisement

तीन जनाको शव फेला परेका मध्ये एक जर्मनीकी शानी लुक हुन्। शानी जर्मनीकी एक पर्यटक थिइन् जो गाजा सीमा नजिकै आयोजित एक सुपरनोभा संगीत महोत्सवमा भाग लिइरहेकी थिइन्।

शानीकी आमा रिकार्डाले उनले आफ्नी छोरी समातिएको भिडियो देखेको थिइन् । टाउकोमा गम्भीर चोट लागेका कारण गाजामा शानीको अवस्था निकै नाजुक रहेको उनले पछि थाहा पाएको बताएकी थिइन् ।