Thursday, July 30

नजाने गाउँको बाटो किन सोध्नु :अध्यक्ष नेपाल

नेपालअखबार,जनकपुर। नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पार्टी एकताको अवस्था नरहेको बताउनु भएको छ।

Advertisement

उहाँले आफ्नो नेतृत्वको दलमा ‘केही अप्ठ्यारा’ रहेपनि कसैसँग एकता गरेर जाने अवस्था भने नरहेको बताउनु भयो। एमालेसँगको एकताबारे अध्यक्ष नेपालले भन्नुभयो,‘नजाने गाउँको बाटो किन सोध्नु?’

Advertisement
Advertisement

‘नजाने गाउँको बाटो किन सोध्नु। हामीलाई कसैसँग एकता गर्नु नै छैन,’नेपाल समाजवादी प्रेस संगठनले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले भन्नुभयो,‘मान–नमान, मै तेरा मेहमानजस्तो हाम्रो पार्टी होइन्। अरुले मान दिएर हाम्रो पार्टी चल्छ भने होइन। यसको आफ्नै गौरव छ। पार्टीहरुमा समस्या छ। धेरै बढी अप्ठ्यारो मेरै पार्टीमा छ। हाम्रो आफ्नै पाराको पार्टी छ।’

Advertisement

उहाँले कुनै पार्टी फुटोस भने चाहना आफूहरुको नरहेको पनि बताउनु भयो। ‘सबै पार्टी मिलेर जाओस भन्ने नै हो। अहिले मेरो उपस्थिति काठमाडौंमै हुनुपर्ने हो। तर, पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर आएका हौं। दलहरुबीच वार्ता, संवाद गर्नैपर्छ’ अध्यक्ष नेपालले भन्नुभयो। संघीय संसदमा भइरहेको गतिविधि दुस्खद रहेको पनि बताउनु भयो। संसदमा भइरहेको घटनाक्रमलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने उहाँको धारणा थियो।

एमाले-माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मधेश प्रदेशमा तपाइँको दलको समर्थन कसलाई रहन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता नेपालले आफ्नै छेउमा बसिरहेका प्रदेशका दुई मन्त्रीलाई देखाउँदै भने,‘मधेश प्रदेशमा त हाम्रा मन्त्री नै छन्। सुदूरपश्चिमको सरकारमा एमालेलाई सहभागी गराउने प्रयास भइरहेको छ। सहकार्य गर्नुस् भनेका छौं। मधेशमा उपेन्द्रजीसँग हातेमालो गर्ने भनिरहेका छौं। अशोक राईसँग पनि हाम्रो लामो सहकार्य हुँदै आइरहेको छ। के ठेगाना फेरि दुईटै एकै ठाउँमा आइपुगोस्।’