Tuesday, July 14

तमोर नदीले बगाउँदा ३ जना बेपत्ता, खोजी कार्य जारी

नेपाल अखबार,ताप्लेजुङ  । ताप्लेजुङ र तेह्रथुम जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा तमोर नदीले बगाउँदा ३ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ताप्लेजुङका १ जना र तेह्रथुमका २ जना रहेको प्रदेश १ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार ताप्लेजुङका सोमबार दिउँसो ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता बनाएको हो।
बेपत्ता लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
यसैगरी सोमबार दिउँसो ३ बजे साथीहरुसँगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रञ्जीत शेर्पालाई पनि तमोर नदीले बगाउँदा बेपत्ता भएका छन्।
पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएपछि उनीहरुसँगै गएका साथीहरुले खबर गरेपछि स्थानीयवासीहरु खोजी कार्यमा जुटेका थिए।
उनीहरुको अहिलेसम्म कुनै पत्तो नलागेको ईलाका प्रहरी आठराईले जानकारी दिएको छ। बेपत्ताहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *