Friday, July 24

जहाजको पंखाले लाग्दा ताल्चा विमानस्थलमा कर्मचारी घाइते

नेपालअखबार, मुगु। मुगुको ताल्चा विमानस्थलमा जहाजको पंखाले लागेर एक कर्मचारी घाइते भएका छन्।

Advertisement

बिहीबार मध्यान्ह १२ बजेतिर विमानस्थलबाट नेपालगन्ज उड्न लागेको सीता एयरको जहाजको पंखाले लागेर कर्मचारी घाइते भएका हुन्।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश कार्कीका अनुसार पाइलटले सीता एयरका स्टेशन म्यानेजर धिरेन्द्र भामलाई बोलाएका थिए।

Advertisement

त्यसबेला भाम विमाननजिकै जाँदा उनको टाउकोमा पंखाले लागेको प्रहरीले जनाएको छ।

‘नेपालगन्जतर्फ उड्न जहाज स्टार्ट हुँदै थियो। त्यसक्रममा म्यानेजरलाई पाइलटले बोलाएका रहेछन्। नजिक पुग्दा पंखा लागेर टाउकोमा चोट लागेको हो,’ उनले भने।

घाइतेलाई नेपालगन्ज पठाइएको छ। उनको अवस्था सामान्य नै रहेको उनको भनाइ छ।