Friday, July 3

कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ नेपालमा पनि देखियो

नेपालअखबार,काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ।

Advertisement

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो।

Advertisement
Advertisement

ती ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको हो।

Advertisement

यसैगरि एक/एक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको छ।

यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन.१ लगायत सबभेरियन्ट पुष्टि भएको थियो।

पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।