Monday, August 3

नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को बाग्लुङ जिल्ला कमिटी गठन

नेपालअखबार, बाग्लुङ ।नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को बाग्लुङ जिल्ला संयोजक कमिटि गठन भएको छ l नेकपा (एकीकृत समाजवादी) निकट जनसँगठन नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को बाग्लुङ जिल्लामा खगेन्द्र प्रसाद शर्माको नेतृत्वमा ९ सदस्य संयोजक कमिटि गठन भएको छ l भेलाको अध्यक्षता पार्टी जिल्ला कमिटि अध्यक्ष लाल बहादुर थापाले गरेको थियो भने प्रमुख अतिथिमा रिटर्नी केन्द्रिय अध्यक्ष प्रविण पौडेल, विशेष अतिथिमा इन्चार्ज श्री प्रसाद शर्मा, केन्द्रिय परिषद सदस्य,जिल्ला कमिटि सचिवालय सदस्य लगाएतका नेताहरुको उपस्थितिमा गठन भएको छ l स्वदेश फर्किएका नेपालीहरुलाई गोल्बंध गर्दै पार्टी संगठनमा जोड्ने कार्य रिटर्नी एशोसिएशनले गरेकोमा अध्यक्ष लाल बहादुर थापाले रिटर्नी टिमलाई शुभकामना दिएका छन् l प्रमुख अतिथिको रुपमा मन्तव्य दिएका केद्रीय अध्क्षय प्रविण पौडेलले विदेशिनु नेपाली विडम्बनालाई कम गर्दै स्वदेशमै आत्मनिर्भरमुखी कृषि अर्थतन्त्रको माध्यमबाट युवामा जागरण आउने पर्ने र त्यसो गर्न सकिएन भने भोलिको दिनमा नेपालमा बृद्व र बच्चा मात्र हुने औल्याउदै नव गठित संयोजक टिमलाई बधाई संगै यथा सिघ्र फुल कमिटि निर्माण हुने विश्वास गरेकाछन l

Advertisement
Advertisement

Advertisement