Monday, May 11

२ जना मृतावस्थामा फेला

नेपाल अखबार, काठमाडौं । मकवानपुर र झापामा २ जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३७ वर्षीय पवित्रमान श्रेष्ठ हेटौंडा उपमहानगरपालिका-१ भैरबडाँडास्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका-४ पौरखी टोलडेरा गरी बस्ने दार्जिलिङ घर भएका ५७ वर्षीय भिम हेमवाङ पनि आफ्नै कोठामा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्री भय समाचार कक्षले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *