Tuesday, July 21

क्रिप्टोमा साढे १ करोड भन्दा बढी कारोबार गरेको आरोपमा एक जना पक्राउ

नेपालअखबार,काठमाडाैं । अनलाइनमार्फत क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Advertisement

काठमाडौं उपत्‍यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

Advertisement
Advertisement

पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय विज्ञान घर्तीमगर छन्।

Advertisement

उनले फेसबुक, टेलिग्राम, लगायत एपमार्फत विभिन्न व्यक्तिहरूलाई साथी बनाएका थिए। त्यसरी अनलाइनमा साथी बनाएका व्यक्तिलाई क्रिप्टोमा लगानी गरे दोब्बर आम्दानी गर्न सकिने प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ।

यसरी उनले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता तथा वालेटमा पटकपटक गरी दुई लाख १६ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।

उक्त जाहेरीपछि प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो।  पक्राउ परेका उनले क्रिप्टो करेन्सी बाइनान्समा लगानी गरेको खुलेको हो।

उनले एक करोड ५५ लाख १ हजार ३२६ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको एसपी रेग्मीले बताए।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।