Thursday, August 6

कांग्रेसले संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने भएको छ ।

Advertisement

पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत् राख्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी गराए ।

Advertisement
Advertisement

कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने गोर्खा मिडिया प्रालिको नाम लेखेपछि रवि लामिछानेको नाम नराख्ने प्रस्ताव गरेको थियो ।

Advertisement

‘मुख्य कुरा भनेको यो संसदीय छानबिन समितिले गोर्खा मिडियामाथि अनुसन्धान गर्छ कि गर्दैन ? गोर्खा मिडियाको मालिक रवि लामिछाने पनि हुन् । रवि लामिछानेमाथि अनुसन्धान गर्छ कि गर्दैन,’  महामन्त्री गगन थापाले भने,  ‘गोर्खा मिडिया र रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चितता हुनुपर्‍यो । छानबिन समिति चाहिएको पनि त्यसकै लागि हो ।’बालुवाटार बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय सभाका दलका नेता कृष्णप्रसाद सिटौला, कार्यदल सदस्य समेत रहेका सहमहामन्त्री परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार जाने भएका छन् ।