Thursday, August 6

गणतन्त्र जनक्रान्तिकै बलबाट सम्भव भयो : पूर्व प्रधानमन्त्री खनाल

नेपालअखबार,काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनक्रान्तिकै बलबाट देशमा मौलिक अधिकार, समावेशी लोकतन्त्र, सामाजिक सुरक्षाको प्रबन्ध, समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको उल्लेख गरेका छन् ।

Advertisement

गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै खनालले  गणतन्त्र दिवस, सामन्ती निंरकुश राजतन्त्रको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको  ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।   स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण  सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

Advertisement
Advertisement

२०६२–०६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौँ देखिको सामन्ती, निंरकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै उनले यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गरेका छन् ।

Advertisement

jn statement