Monday, July 20

प्रतिनिधिसभाको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्ने भएको छ। प्रतिनिधि सभाको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको तर्फबाट संसद भवन परिसरमै पत्रकार सम्मेलन आयोजना गरेको उनका स्वकीय सचिव जनक भट्टले बताए। उनका अनुसार पत्रकार सम्मेलन ल्होत्से हल बानेश्वरमा हुनेछ लामो रस्साकस्सीपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउने अडानबाट कांग्रेस ब्याक भएको थियो।

Advertisement
अहिले गृहमन्त्री जोडिएको सहकारी र संस्थाको नाम राखेरै सहमति बनाउन तयार भएको छ। योसहित पछिल्ला समसामयिक विषयमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।

Advertisement
Advertisement

Advertisement