Monday, July 27

पूँजी पलायन रोक्नुपर्छ: सांसद कुँवर

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले देशभित्रै पूँजी पलायन रोक्न ध्यान दिनुपर्ने बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद कुँवरले बजेटमा अर्थमन्त्रीले पुँजीगत खर्च हुने आशा देखाएको बताउनु भएको हो।

Advertisement

‘युवाहरू विदेश गइरहेका छन्। मध्यम वर्ग र निम्न वर्ग कुनै आयस्रोतमा जोडिएका छैनन्। त्यसकारण पुँजीको परिचालन नहुँदाखेरि पुँजीगत खर्च पनि भइरहेको छैन। यो बजेटमा अर्थमन्त्रीले केही साहस गर्नुभएको छ। केही आश्वस्त पनि पार्नुभएको छ। हरेक क्षेत्रमा छाएको निराशालाई आशामा परिणतगर्ने प्रयास अर्थमन्त्रीले गर्नुभएको छ’, उहाँले भन्नुभयो।

Advertisement
Advertisement

कार्यान्वयन गर्न नसके जति राम्रो बजेट ल्याए पनि केही नहुने भन्दै उहाँले युवाको विदेश जाने क्रम र पूँजी पलायन रोक्नुपर्ने धारणा राख्नुभएको छ।सांसद कुँवरले भन्नुभयो, ‘एकातिर पुँजीको अभाव छ। अर्कोतिर पुँजी विदेशमा पलायन भइरहेको छ। यसलाई रोक्ने तरिका के हो? यसमा पनि हामीले ध्यान दिनुपर्‍यो।’

Advertisement