Friday, September 25

गिरीबन्धु टी-इस्टेटबारे बालेनलाई सोध्नुस् : ओली

नेपालअखबार,काठमाडौँ। सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्।

Advertisement

सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका ओलीले गिरीबन्धुबारे मेयर शाहलाई सोध्न भनेका हुन्।गिरीबन्धु टी-इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्।’

Advertisement
Advertisement

सोमबार बिहान काठमाडौं महानगरका मेयर शाहले गिरीबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरीबन्धुको बैना फिर्ता गर्न आग्रह गरेका थिए।

Advertisement