Friday, July 17

प्रतिनिधि सभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौँ। प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।

Advertisement

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। त्यसमाथि सांसदहरूले छलफलमा भाग लिनेछन्।

Advertisement
Advertisement

त्यस्तै आजको बैठकमा २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। उनी पूर्वश्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन्।

Advertisement

यसैगरी नेपाली कांग्रेसबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। उनको ८५ वर्षको उमेरमा गत वैशाख २५ गते निधन भएको थियो।

यस्तै २०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। उनको गत जेठ १ गते ७५ वर्षको उमेरमा निधन भएको थियो।