Tuesday, July 28

आज प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।

Advertisement

आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।

Advertisement
Advertisement

आजको बैठकमा विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।

Advertisement

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजै राष्ट्र ऋण उठाउने विधयेक प्रस्तुत गरिने छ। यस्तै भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गरिने संसद् सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ।