Sunday, April 19

नेपाली मुस्लिम हजयात्रीहरुलाई हज समितिले असहयोग गरेको भन्दै असन्तुष्टि

नेपालअखबार ,काठमाडौं ।  साउदी अरबको मक्कामा हज गर्न गत जेष्ठ २ गते नेपाली हजयात्री पुगेका  थिए । नेपाली हजयात्रीलाई संम्झौता अनुसार तोकिएको सेवासुविधा समेत नदिइएको र गुनासो सुन्ने तथा समस्या समाधान गर्न कुनै जिम्मेवार व्यक्ति उपस्थित नभएको गुनासो हजयात्रीहरुले गरेका छन् ।

हजका लागि नेपालबाट ७५४ जना साउदी अरब गएका छन् । साउदी रहेका एक हजयात्रीले  भने, यहाँको अवस्था बिजोग छ, हज कमिटीका कोही व्यक्तिहरु पनि देखिँदैनन् केही गुनासो गरे बंगाली र बर्मेली दलालहरु प्रयोग गरी थर्काउने काम भै रहेको छ । त्यसैले जेष्ठ नागरिक, महिला तथा अन्य व्यक्तिहरु निरीह भएर बस्नु परेको छ । पैसा तिरेरै गएको हो तर पैसा तिरेबापत सुविधा पाइएन ।

Advertisement

हजयात्रीहरुका लागि भनेर व्यवस्था गरेका चिकित्सक साउदीमै भएपनि औषधी तथा आवश्यक अन्य सामग्री गुणस्तरहीन भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

हजयात्रीले आफूहरुले पाएको दु:खका बारेमा हज समितिले वास्ता नगरे पनि गृह मन्त्रालयमा गुनासो गर्दा पनि सुनुवाई नगरेको आरोप लगाए ।  हजयात्रीलाई सहयोग गर्न भन्दै १२ जना हज समितिका पदाधिकारीहरु साउदी पुगेका छन् ।